नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ अनुसार

१. महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिसम्बन्धी नीति, कानून र मापदण्ड;

२. महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको संरक्षण, सशक्तीकरण र विकास;

३. लैङ्गिक हिंसासम्बन्धी निरोधात्मक र पुनर्स्थापनासम्बन्धी नीति, कानून र मापदण्ड;

४. महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, असहाय नागरिकहरूको कल्याण, उद्धार, पुनर्स्थापना;

५. आर्थिक रूपले विपन्न, अशक्त र असहाय, एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख र अल्पसङ्ख्यक जातिका नागरिकको सामाजिक सुरक्षा सम्बन्धी;

६. दलित तथा अति सीमान्तकृत, अल्पसङ्ख्यक, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय, उत्पीडित तथा पिछडिएका क्षेत्रका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकास;

७. मुक्त कमैया, कमलरी, हरवा, चरवा, हलिया लगायतको पुनर्स्थापना सम्बन्धी;

८. लैङ्गिक हिंसा, बालश्रम, दुर्व्यवहार, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण;

९. महिला सशक्तीकरण तथा लैङ्गिक समानताका विषयमा अध्ययन, अनुसन्धान;

१०. राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोग;

११. अन्तरदेशीय धर्मपुत्र, धर्मपुत्री;

१२. समाज कल्याण परिषद्; राष्ट्रिय बाल अधिकार परिषद्, नेपाल बाल संगठन;

१३. श्रमिक तथा कामदारको सामाजिक सुरक्षा र सामाजिक सुरक्षा कोष सञ्चालनसम्बन्धी नीति, कानून, मापदण्ड र नियमन;

१४. सामाजिक सुरक्षासम्बन्धी कार्य;

१५. सामाजिक संस्था तथा कल्याण;

१६. गैरसरकारी संस्थाको नियमनसम्बन्धी मापदण्ड;

१७. मन्त्रालयसम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय संघसंस्थासँगको सन्धि, सम्झौता, सम्पर्क र समन्वय;

१८. मन्त्रालयसम्बन्धी सार्वजनिक संस्थान, प्राधिकरण, समिति, प्रतिष्ठान, कम्पनी आदिको सञ्चालन र नियमन।